• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन जिल्ला लिग : दुबै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यमा

  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको उपाधि भिडन्त बुधबार हुँदैछ । उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन भिड्नेछन् । दुबै टोली उपाधि जित्दै ईतिहास रच्ने दाउमा छन् । दुबै टोलीले अहिलेसम्म जिल्ला लिग जित्न सकेको छैन । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनल खेल्दैछ । जिल्ला लिगमा बिएफसी यस अघि समूह चरण भन्दा माथि पुग्न सकेको थिएन ।

    आज (मंगलबार) आयोजित प्री म्याच कन्फिरेन्समा बोल्दै बिएफसीका मुख्य प्रशिक्षक धुर्ब भुसालयस अघि पहिलो पटकको फाइनल भिडन्तमा नै बिजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिने बताए । समूह चरणमा गरेको शशक्त प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिने उनले बताए । उपाधि जित्नका लागि टिमले निकै मेहेनत गरेको उनको भनाइ थियो । टिमको सबै खेलाडी फाइनलका लागि फिट रहेको उनले बताए । फर्वाड राज भुसालको फिटनेस बारे सोधिएको प्रश्नमा प्रशिक्षक भुसालले फाइनलका लागि उनी फिट हुने बताए ।

    उनी टिमका लागि निकै महत्वपूर्ण खेलाडी भएकोले सुरुवाती ११ मा नै मैदान उत्रिने भुसालले बताए । सुरुवाती ११ मा भोलि केही परिवर्तन हुन सक्ने समेत उनले बताए । फरक प्रसँगमा यस पटकको जिल्ला लिगको व्यवस्थापन अहिलेसम्मकै उत्कृष्ट भएको उनको भनाइ थियो । बिएसीका कप्तान सन्दीप सेन्चुरीले टिमका सबै अनुभवि खेलाडी आफुहरुको बलियो पक्ष भएको बताए । उनले सुरुवाती ११ मा खेल्ने सबै खेलाडी महत्वपूर्ण भएको प्रतिक्रिया दिए । पहिलो पटक फाइनल खेल्दाको दबाब कत्तिको छ भने प्रश्नमा उनले भने, “त्यती धेरै दबाब छैन ।

    बरु अवसरको रुपमा लिएका छौं । हामी जित्नका लागि खेल्छौ ।” एभरेष्टका कप्तान मनिष आले मगरले लिग जित्नु नै आफुहरुको मुख्य लक्ष्य भएको बताए । एभरेष्ट चौथो पटक लिगको फाइनलमा प्रवेश गरेको हो । यस अघिका तीन संस्करणमा फाइनल पुगे पनि एभरेष्टले उपाधि जित्न सकेको छैन । एभरेष्ट तिनै पटक फाइनलमा नारायणगढ फुटबल क्लबसँग पराजित भएको थियो । तीन पटकसम्म फाइनलमा व्यहोरेको हारको श्रिखंला यसपटक टुङ्गाउने लक्ष्यका साथ मैदान उत्रिने उनले बताए ।

    “यस पटक लिग जित्ने बाहेक अरु हामीले सोचेकै छैनौं । यस अघि हामी तीन पटकसम्म फाइनल पुगेर हारेका छौं, उनले भने, यो हाम्रो मात्रै सपना होइन, सिनियर दाईहरुको पनि सपना हो । सबैको सपना हामीले पुरा गर्नुछ ।” टिमवर्क आफुहरुको बलियो पक्ष भएको उनको भनाइ थियो । दुबै टिम बलियो भएको भन्दै लिग जित्नु नै आफुहरुको एक मात्र लक्ष्य भएको उनले बताए । फर्वाडद्धय आशिष गजुरेल र रोशन क्षेत्रीबाट टिमले ठूलो अपेक्षा गरेको उनले बताए । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की र महासचिव रामहरी ढकालले दुबै टिमलाई जितको शुभकामना दिए । फाइनल पुगेका दुबै टिम बलियो भएको भन्दै खेल प्रतिस्पर्धात्मक हुने उनीहरुको भनाइ थियो ।

    यसपटक जिल्ला लिगको व्यवस्थापकिय पक्षमा धेरै नयाँ प्रयोग गरिएको महासचिव ढकालले बताए । फाइनल भोलि दिउँसो १ बजे हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ । लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच-पाँच हजार प्राप्त गर्नेछ ।

    यस्तो छ दुबै टिमको अहिलेसम्मको प्रदर्शन फाइनलमा पुगेका बिएफसी र एभरेष्ट दुबै टोली आ-आफ्नो समूहबाट बिजेता भन्दै अघि बढेका हुन् । बिएफसी समूह ‘ए’ को बिजेता हो भने एभरेष्ट समूह ‘बी’ को बिजेता हो । लिगमा दुबै टोलीले सानदार सुरुवात गरेको थियो । बिएफसीले लिगको पहिलो खेलमा नै नारायणगढ फुटबल क्लब एनएफसीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । बिएफसीले समूह चरणका ६ मध्ये पाँच खेलमा जित हात पारेको थियो । सौराहासँग भने बिएफसी ३-२ ले पराजित भएको थियो । सेमिफाइनलमा रामपुर फुटबल क्लब रड्सलाई ५-३ ले पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो ।

    लिगमा अहिलेसम्म १९ गोल गरेको बिएफसीले ६ गोल मात्रै खाएको छ । उता एभरेष्टले लिगको पहिलो खेलमा नारायणी एफसीलाई ४-१ ले पराजित गरेको थियो । एभरेष्टले समूह चरणका पाँच मध्ये चार खेलमा जित हात पारेको थियो । एक खेलमा भने एभरेष्ट पराजित भएको थियो । एभरेष्ट समूह चरणमा बगान यात्रा ग्रुपसँग १-० ले पराजित भएको थियो । सेमिफाइनलमा एभरेष्टले समूह ‘ए’ को उपबिजेता सौराह युवा समाजलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लिगमा अहिलेसम्म १६ गोल गरेको एभरेष्टले ६ गोल खाएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.