काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७ हजार ४९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमितमध्ये ४६।४ प्रतिशत निको भएका छन् । हालसम्म देशका सबै जिल्लामा संक्रमण फैलिएको छ ।








