काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ ।








