काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।
सोहीअनुसार अहिले छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । आज चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।








