काठमाडौं । कोरोना भाइरस कोभिड—१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ।आज हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय भएकाले सोही अनुसार गर्न संस्थानले आग्रह गरेको छ।उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको बताएको छ।








