चितवन । नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी सबै आन्तरिक गन्तव्यका लागि हवाई भाडा वृद्धि गरेको छ। आन्तरिक हवाई उडानको भाडादर वृद्धि भएसँगै आजदेखि भरतपुर- काठमाडौंको हवाई भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य बढाएसँगै घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार सङ्घले प्रयोग गरेको हो ।
यससँगै भरतपुर- काठमाडौंको भाडा १६० रुपैयाँले बढेको हो। काठमाडौं– भरतपुरका लागि दुई वटा एयरलाइन्स कम्पनीले उडान भर्दै आएका छन् । काठमाडौं– भरतपुरका लागि गर्दा अहिले कायम गरिएको भाडा ३ हजार ८९५ रुपयाँ रहेको छ । पहिल्लो केही दिन यता यात्रुको संख्या कम भएका कारण विमान कम्पनीहरुले सस्तोमा २ हजार ४०० देखि महंगेमा ३ हजार ८९५ रुपैयाँ भाडादर रहेको बताएका छन् । बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको चार सय ४५ रुपैयाँ रहेको छ ।
यस्तै काठमाडौँ–विराटनगर दुई सय ४०, , काठमाडौँ–नेपालगन्ज तीन सय २५, काठमाडौँ–पोखरा एक सय ६०, काठमाडौँ–भद्रपुर एक सय पाँच रुपैयाँ बढेको सङ्घले जनाएको छ । यस्तै माउन्टेन फ्लाइटको भाडा दर तीन सय ४५ रुपैयाँले बढेको छ । पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।








