• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जलबिरे लामो झरना प्रवेशमा रोक

  •   बुधबार, असार २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन।  चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ। इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे झरनामा मङ्गलबारदेखि प्रवेशमा रोक लगाइएको हो। देशमा कोरोना भाइरसको प्रभाव बढ्दै गएका बेला पनि झरना अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि कोरोना फैलने त्रासले पूर्णरूपमा बन्द नै गरिएको जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताए। कोरोना सङ्क्रमण बढ्दै गए पनि गर्मी मौसमका कारण झरना घुम्न आउनेको कमी नभएपछि लामो झरना पर्यटन विकास समितिको बैठक बसी मङ्गलबारदेखि नै प्रवेशमा बन्देज लगाइएको अध्यक्ष गुरुङको भनाइ छ। “देशमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहे पनि गर्मी मौसमका कारण झरनाको शीतलतामा आनन्द लिन आउनेको सङ्ख्या बढिरहेको छ, यसले कोरोना फैलने त्रास छाएको छ, दैनिक १०० भन्दा बढी पर्यटक आउन थालेपछि मङ्गलबारदेखि पूर्णरूपमा प्रवेशमा रोक लगाइएको हो,” उनले भने। कोरोनाको त्राससँगै अहिले बर्सातको समयमा भौतिक संरचना पनि बनिरहेकाले सुरक्षाका दृष्टिकोणले पनि जलबिरे लामो झरनामा प्रवेशमा रोक लगाउनु परेको जनाएको छ। जलबिरे लामो झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणस्थल हो। यहाँ बर्सेनि ४० हजारभन्दा बढी पर्यटक झरना अवलोकनका लागि आउने गर्दछन्। गाउँपालिकाले गत वर्षमात्रै झरना अवलोकनका लागि आउने पर्यटकबाट प्रवेश शुल्क उठाउँदा १८ लाखभन्दा बढी आम्दानी गरेको थियो। झरना प्रवेशका लागि ५० रुपैयाँ लिने गरिएको छ। क्यानोनिङका लागि भने विदेशी पर्यटकबाट पाँच सय र नेपालीबाट एक सय लिने गरिएको छ। यो झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न देशका विभिन्न जिल्ला र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए। विसं २०६९ देखि पर्यटन विकास शुरू भएको हो। चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यस्थलमध्ये जलबिरे लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ। एक सय दुई मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.