चितवन । डिभिजन वन कार्यालय चितवनले यो आर्थिक वर्षमा २ लाख ५० हजार विरुवा उत्पादन गरेको छ । कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालका अनुसार कार्यालयले आफ्नै नर्सरिमा तीन प्रकारको विरुवा उत्पादन गरेर वितरण गरेको छ । जस्मा जरिबुटी, काठजन्नय विरुवा र ओर्नामेन्ट पलान्ट (सजावटी विरुवा) उत्पादन भएको छ । उत्पादित यी विरुवाहरुलाई गत असार १२ गतेबाट निशुल्क रुपमा वितरण गर्न थालिएको छ । जस्मा सामुदायिक वन, संघ संस्थामा बढि खपत भएको खनालले बताउनु भयो । प्रत्यक वर्ष विरुवा उत्पादन गरि वितरण गर्दै आएको डिभिजन वनले यो वर्ष कति विरुवा वितरण भयो भन्ने अन्तिम नतिजा नआएको भन्दै एक विरुवा बराबर १० रुपैया लागत लागेको जानकारी दिएको छ ।








