• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विदेशमा बस्ने नेपाली खोप लगाउनेमा अग्र स्थानमा

  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपाली अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    यसैगरी बेलायतमा बस्ने नेपालीहरु पनि कोरोनाविरुद्धको खोपमा अग्र स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालयका एसोसिएट डिन (इन्टरनेशनल) डा. पदम सिम्खडाले बताए । यहाँस्थित एक विश्वविद्यालयले हालै गरेको अनुसन्धानले उक्त कुराको पुष्टि गरेको भएपनि यसको तथ्यांक भने सार्वजनिक हुन बाँकी रहेको सिम्खडाले जानकारी दिए । बेलायतमा खोप नलगाउनेको संख्या उल्लेख्य रहेको र नेपालीलाई पनि सोही वर्गमा राखिएकामा आफूले नेपाली खोप लगाउनेमध्ये अग्रपंक्तिमा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको पनि उनले बताए । पोस्ट कोभिड र खोपको बारेमा गरिएको उक्त भर्चुअल कार्यक्रममा भाइरसले कसरी आक्रमण गर्छ, यसबाट बच्ने उपाय, खोपको महत्व, नयाँ भेरिएन्ट ओमिक्रोन लगायत यसका लक्षणबारे वक्ताद्वय सापकोटा र सिम्खडाले प्रष्ट पारेका थिए ।

    विश्वभर कोरोना संक्रमितको संख्या अत्यधिक देखिए पनि मृत्यु हुनेको संख्या भने करिब १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको र मृत्यु हुनेको संख्या करिब १० प्रतिशत रहेको सापकोटाले जनाए । विश्वभरको तथ्यांक अनुसार ६३ प्रतिशत मानिसले खोपको पहिलो डोज लगाएका छन् भने ५० प्रतिशतले दुवै डोज लगाइसकेको उनले बताए । खोप लगाउँदैमा संक्रमण हुंदैन भन्ने धारणा गलत रहेको र यसबाट बच्न मास्क, सेनिटाइजर तथा साबुनपानीले हात धुने बानी नै उत्तम उपाय रहेको पनि उनले बताए ।

    उनले थपे, खोप लगाए पनि नलगाए पनि भाइरसले सबैलाई आक्रमण प्रयास गर्छ । तर, खोप लगाएका व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसको असर कम हुने गर्दछ । नाक र मुखबाट मात्र भाइरस शरीरमा प्रवेश गर्ने हुँदा यसमा सबैभन्दा सतर्कता अपनाउनुपर्ने उनको धारणा छ । भाइरस सुक्ष्म भएकाले शरीरमा प्रवेश गरेपछि मानव सेलमा असर गर्दछ । शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिको आधारमा यसको असर कम वा बढी हुने गर्दछ । भाइरसले बेलाबेलामा स्वरूप परिवर्तन गर्दै नयाँ भेरिएन्टको रुपमा देखा पर्दछ जुन पछिल्लो समयमा ओमोक्रोनको रुपमा देखा परेको छ ।

    ओमिक्रोन बढी संक्रामक भएको र कम घातक सावित रहे पनि विश्व स्वास्थ्य संगठनले भने कुनै ठाउँमा बढी घातक बताएको पनि सापकोटाले बताए । यसको असर सबैमा समान नहुने र व्यक्ति र उनीहरुको स्वास्थ्यस्थितिमा भर पर्ने उनको धारणा छ । नेपालमा कोभिसिल्ड वा भेरोसेलको खोप लगाएर पर्यटक भिसामा नेपालबाट बेलायत आएकाहरुले बुस्टर डोज लगाउँदा फाइजर, मोडेर्ना तथा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप लगाउन उपयुक्त हुने विज्ञको राय छ ।

    एकपटक मोडेर्ना शृंखला पूरा गरेपछि भने फाइजर वा मोडेर्नाको बुस्टर डोज लिन सकिनेछ । कोरोना संक्रमणपछि ३, ४ हप्तासम्म जोर्नी दुख्ने, सुत्न गाह्रो हुने, मुटुको समस्या हुने लगायत समस्या भएमा पोस्ट कोभिडको रुपमा हेर्ने गरिन्छ । यसबारेमा अध्ययन जारी रहेको र यस्ता लक्षण देखिएमा प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मीसंग सल्लाह लिन वक्ताहरुले सल्लाह दिएका छन् । यस्ता ठूला महामारीहरु पटक पटक आइरहेको र सन् १९१८ मा स्पेनिस फ्लू, १९५७ मा एसियन फ्लू, १९६८ मा हङ कङ फ्लू, १९७७ को फ्लू र २००९ मा स्वाइन फ्लू जस्ता इतिहासलाई केलाउँदा हरेक ४० वर्षमा एउटा महामारी आउने सापकोटाले बताए ।

    यसैगरी खोप नलगाएका ९० प्रतिशत मानिसहरु अस्पताल भर्ना हुने गरेको बेलायतको तथ्यांक रहेको डा पदम सिम्खडाले बताए । वर्तमान अवस्थामा खोप लगाउनु अत्यन्त जरुरी रहेको बताउंदै उनले खोप लगाएका मानिसबाट उत्पन्न हुने नयाँ भेरिएन्टले कम असर गर्ने धारणा राखे । भाइरस संक्रमण बढ्नका लागि खोप नलगाएका र शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसहरुको जरुरत हुने भएकाले खोपको प्रभाव बढेसंगै ओमिक्रोनको प्रभाव पनि कम हुँदै गएको र भावी दिनमा आउने नयाँ भेरिएन्ट कमजोर हुनसक्ने उनले बताए । ओमिक्रोनको भर्खर देखिएको नयाँ भेरिएन्ट पनि ओमिक्रोनसंग मिल्दोजुल्दो रहेको र यसको थप अध्ययन भइरहेको उनले बताए ।

    कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण नहुने र मानव समूदायमा साधारण फ्लूको रुपमा रहिरहने उनको धारणा थियो । भ्याक्सिनको प्रभावले गर्दा कम भाइरस हानिकारक र बिस्तारै जनजीवन सहज हुने पनि उनले बताए । कोरोना भाइरस नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण विषय राजनैतिक नेतृत्वको पनि हो भन्ने कोरोना महामारीले सिकाएको महत्वपूर्ण पाठ रहेको सिम्खडाले बताए । स्वास्थ्यकर्मी, स्वास्थ्य सुविधा, स्वास्थ्यसम्बन्धि प्रविधि र देशको आर्थिक अवस्था मात्र कोरोना नियन्त्रणमा पर्याप्त नहुने यसपटकको महामारीले पुष्टि गरेको उनले बताए । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.