काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७ हजार ७५२पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमितमध्ये ४७।२ प्रतिशत निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ३५ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा। गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।








