चितवन । कोरोना संक्रमण पुष्टि भएकी रत्ननगर ७ की महिलालाई गुन्जमान सिंह अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ । १४ दिन अघि कुबेतबाट आएर मालपुर माविको क्वारेन्टाइनमा बसेकी २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय र स्वास्थ्य शाखाले उनलाई गुन्जमानसिंह अस्पतालको आइसोलेशनमा भर्ना गरेका हुन् । कोरोना संक्रमण पुष्टि भएको भएपनि उनमा कोरोना सम्बन्धी कुनैपनि लक्षण नरहेको शाखा प्रमुख पौडेलले बताए । यस्तै उनका अनुसार रत्ननगर ४ की एक कोरोना संक्रमित महिला कोरोना मुक्त भएर घर फर्किइन् ।








