काठमाडौं । संघीय समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य भएकी सरिता गिरीको सांसद पद गुमेको छ । पार्टीको ह्वीप र निर्देशन नमानेको भन्दै संघीय समाजवादी पार्टीले उनलाई संसद पदबाट हटाउने निर्णय भएको जानकारी गराएको भन्दै संघीय संसद सचिवालयले गिरीलाई पदमुक्त गरेको जानकारी दिएको हो । संघीय संसदका महासचिव डा। भरतराज गौतमले बिहीबार विज्ञप्ति निकालेर सरिता गिरीको सांसदबाट पदमुक्त भएकी जानकारी दिएका हुन् ।









