अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा गरिएको नेपाल बन्दको प्रभाव चितवनमा सामान्य परेको छ। चितवनको मुख्य बजारहरुमा सानो संख्यामा बन्दकर्ताहरुको उपस्थित रहेको छ। बिहान नारायणगढको लायन्स चोकमा बन्दकर्ताले सडकमा टायर बालेर प्रदर्सन गरेका छन।

यस्तै बन्दकर्ताले पुल्चोकमा बन्द गर्दै कोणसभाको आयोजना समेत गरे । लामो दुरिका सवारीसाधन छिटफुट चले पनि छोटो दुरिका म्याजिक भ्यान, अटो र मोटरसाइकल भने निर्बाध रुपमा चलेको देखिन्छ । ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेपछि जिल्लामा सुरक्षा सतर्कता बढाएको छ।

चोक चोकमा सुरक्षाकर्मिको बाक्लो उपस्थित रगेको छ। अहिले सम्म चितवनको अबस्था सामान्य रहेको चितवन प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारीले बताए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बन्द आह्वान गरेको हो।









