• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देउवाले प्रचण्डलाई भने – पार्टीले एमसीसी पास गर्ने निर्णय गरेको छ, ब्याक हुन मिल्दैन

  •   बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार एक्ला एक्लै वार्ता भयो । प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो । एक्ला एक्लै भएको भेटपछि नेताहरुले आफूहरु निकटका नेताहरुलाई छलफलबारे जानकारी गराएका थिए ।

    प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको बिपक्षमा रहेकाले परिमार्जन नगरि एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए । गठबन्धन भित्र नै बिरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुखेसो पोखेको स्रोतको भनाइ छ । ‘गठबन्धन बनाइयो तर तपाईंहरुले नै बिरोधमा निर्णय गर्नु भयो यसले समस्या पर्‍यो’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो । अमेरिकाले यसलाई गम्भीर रुपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको भनाइ थियो ।

    वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रुपमा समस्या पर्ने र सरकार पनि अफ्ट्यारोमा पर्ने देउवाको भनाइ थियो । ‘अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्राकोष, एशियाली विकास बैंक लगायत प्राप्त हुने कुराहरु हुँदेनन्’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘भारत लगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्न जान्छ।’ देउवाले बारम्बार भने, ‘तपाईंले सरकारको बाध्यता बुझिदिनु पर्‍यो।’ सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने भएकाले एमसीसी पास गर्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।

    आफ्नो पार्टीले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नु पर्ने बाध्यता रहेकोमा उनको जोड थियो । ‘तपाईं पार्टीका कारण गर्न नसक्ने भएपछि मैले पनि त पार्टी निर्णय अनुसार अघि बढ्नु पर्ने हुन्छ’ देउवाले प्रचण्डलाई भनेका थिए । देउवाले प्रचण्डलाई एमसीसीको विपक्षमा मतदान गरेपनि सरकारमै बस्न र गठबन्धन कायम गर्न सकिने प्रस्ताव पनि गरेको स्रोतको दाबी छ ।

    तर प्रचण्डले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने तर्क गरेका थिए । दुई जनाबीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो । खाड उपस्थित भएपनि धेरैबेर सम्म अर्थमन्त्री उपस्थित नभएपछि चार जनाबीचको बैठक भने हुन नसकेको स्रोतको भनाइ छ । त्यसपछि नेताहरुबीच भोलिका लागि गठबन्धनको बैठक बोलाउने सहमति जुटयो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.