• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लुम्बिनी प्रदेश : हतारमा बनाइएका कानुन कार्यान्वयनमै समस्या

  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    बुटवल  । लुम्बिनी प्रदेश सरकारले हालसम्म ६२ वटा कानुन निर्माण गरे पनि कार्यान्वयनमा भने समस्या देखिएको छ । सरोकारवाला पक्षलाई सहभागी र परामर्श नगरीकनै कानुन बनाइदा निर्माण भएका कानुनबारे नागरिस्तरमा जानकारीसमेत छैन ।

    २१ माघ २०७४ लुम्बिनी प्रदेश सभाको पहिलो बैठक भएदेखि हालसम्म ६७ वटा विधेयकहरु पारित भएका छन् भने ६२ वटा विधेयक प्रमाणीकरण समेत भइसकेका छन् । यीमध्ये डेढ दर्जन जति कानून नागरिकको प्रत्यक्ष सरोकारका मुद्दालाई सम्बोधन गर्ने खालका छैनन् । अधिकांश कानुनहरु सरकारको सञ्चालन र आर्थिक विषयसँग सम्बन्धित छन् । यस्ता कानुनहरु सहज कार्यान्वयनमा आएका छन् ।

    वन, कृषि, पर्यटन, वातावरण, खानी संचालन, बालबालिका सम्बन्धी ऐनहरू बने पनि त्यसलाई लागु गर्ने सरकारी तत्परता नदेखिएको अधिवक्ता महेन्द्र पाण्डे बताउँछन् । कानुन निर्माणमा सरोकारवालाहरूसँग छलफल र सम्वाद नभएको, कर्मचारीहरूले काम देखाउनको लागि कानुनहरु निर्माण गरेको, प्रदेश सभासदहरूको कानुन निर्माणका चरणमा ध्यान नदिएको जस्ता कारणले प्रदेशको आवश्यकता अनुसारका कानुनहरू बन्न नसकेको उनको भनाइ छ । बनेका कानुन, नियम र निर्देशिकाहरू प्रचारप्रसार नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ ।

    सामाजिक संघसस्थाहरुलाई एकत्रित गरी अनुगमन र नियमन गर्न भन्दै  दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघसस्था दर्ता ऐन बनायो । जसले सामाजिक संघसस्थाहरुको दर्तादेखि  अनुगमन र नियमन गर्ने काम जिल्ला प्रशासन कार्यालयको साटो प्रदेश सरकारलाई दियो । तर, प्रदेशले बनाएको ऐन संघसस्था दर्ता ऐन २०३४ सँग बाझिएको भन्दै संघीय सरकारले परिपत्रमार्फत जिल्ला प्रशासन कार्यालयलाई नै सो काम बढाउन निर्देशन दियो । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ बनायो । त्यसमा आधारित रहेर खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी ऐन बनायो । जसमा स्थानीय तहले नदीजन्य पदार्थको राजश्वमध्ये  ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गर्नु पर्ने उल्लेख छ । संघीय सरकारको केही नेपाल ऐन संशोधनमा कुरो बाझिएको भन्दै धेरै स्थानीय तहले अहिलेपनि नदीजन्य पदार्थको राजश्व प्रदेश सरकारलाई बुझाएका छैनन् ।

    लुम्बिनी प्रदेश सरकारले बनाएका सहकारी ऐन, वातावरण संरक्षण ऐन, बालबालिकाको हक अधिकार संरक्षण ऐन, सडक सवारी यातायात तथा परिवहन ऐन लगायतका ऐन अहिले पनि सहज कार्यान्वयनमा छैनन् । निर्माण भएका ६२ वटा कानुनमध्ये प्रशासनिक बाहेकका अधिकांश कानुन कार्यान्वयनमै समस्या छ ।

    कानुन कार्यान्वयन नहुनुमा स्थानीय तहको असहयोग र संघीय कानुनको प्रभाव, मस्यौदा एवं विधेयक बनाउने बेलामा संवेदनशीलता नहुनु मुख्य कारण रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरको भनाइ छ । ‘कतिपय कानुन बनाएपनि मन्त्रालयहरुले कर्मचारी अभाव, कार्यान्वयनमा समस्या लगायतका कारण देखाउँदै कानुन कार्यान्वयनका लागि कार्यविधी, निर्देशिका एवं मापदण्ड तयार नगर्दा पनि कानुन कार्यान्वयनमा गएका छैनन्,’ उनले भने ।

    कानुन निर्माण गर्ने मुख्य दायित्व प्रदेश सभा सदस्यहरुको हो । त्यसअघि मन्त्रालयका विषयगत समिति तथा  सरोकारवालाको राय लिएर सरकारले मस्यौदा तयार गर्छ । तर,मस्यौदा निर्माण तथा विधेयक बन्ने बेलामा निकै कममा मात्रै विषयगत छलफल र अध्ययन हुने गरेको छ । कर्मचारीले तयार गरेका मस्यौदा मन्त्रिपरिषदले हतारोमा स्वीकृत गर्ने र  फाष्ट ट्रायक भन्दै प्रदेशसभाबाट समेत हतारोमा  विधेयक पारित भएर कानुन बनेका छन् । जसले कानुन पालन गर्ने नागरिकको आवश्यकता बोध नहुने, सरोकारवाला जानकार नहुने र कानुन कार्यान्वयनमा समस्या हुने गरेको अधिवक्ता युवराज कंडेल बताउँछन् ।

    कानुन कार्यान्वयनमा समस्या देखिएपछि प्रदेशसभाले १० वटा विधेयक संशोधन गरिसकेको छ । कानून निर्माणमा सरकारसंगै प्रदेश सभा सदस्यको समेत बेवास्था र दुरदर्शीता नहुँदा कतिपय अत्यावश्यक कानुन बन्नै सकेका छैनन् भने बनेका कानुन संशोधनमा समस्या भएको हो ।

    कानुन निर्माणको शैलीका विषयमा प्रदेश सभाका सदस्यहरु समेत सन्तुष्ट छैनन् । प्रदेश सांसद वियज यादवले यो वा त्यो कारण देखाएर कानुन निर्माणका विषयमा छलफल कम हुने गरेको बताउँदै हतारमा कानुन बनाइदा कार्यान्वयनमा समस्या देखिएको बताए ।

    लुम्बिनी प्रदेशमा अझै ४० वटा कानुन निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारबाट बनेका ऐन कानुनहरु कार्यान्वयनमा ल्याउनको लागि सबैको पहल आवश्यक रहेको बताए । ‘ऐन निर्माणका विषयमा भइरहेका छलफल अझैपनि पर्याप्त छैनन्, अझै धेरै छलफल हुनुपर्ने आवश्यकता छ,’ उनले भने ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.