• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अब एनआरएनए निर्वाचन नराेकिने

  •   आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

    गैरआवासीय नेपाली संघको २१ र २२ मार्चमा तय गरिएको निर्वाचनको तयारीका लागि टिम बद्री केसीले शनिबार आयोजना गरेको अन्तरक्रियामा  वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

    गैरआवासीय नेपाली संघको गत अक्टोबरका लागि तय भएको १०औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरूले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे । करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

    गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्री केसीले संघको निर्वाचनको प्रक्रिया अघि बढिसकेको बताउँदै उच्चस्तरीय समितिका दुईजना सदस्य निर्वाचन रोक्न लागिपरेको आरोप लगाए । उनले उच्चस्तरीय समितिका सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउनेबाहेक अन्य म्यान्डेट नभएको बताए । उच्चस्तरीय समितिका सदस्यहरू म्यान्डेटभन्दा बाहिर गएर मिलाउनभन्दा समस्या बल्झाउने दिशामा लागेको नियत रहेको बताए ।

    उनले संघको अभियान गिजोलिएको बताउँदै संघको अभियानलाई अन्डरमाइन्ड नगर्न अनुरोध गरे । उनले कुल आचार्य समूहले आफ्नो पक्षमा भोट नआउने देशका महाधिवेशन प्रतिनिधिलाई तारो बनाएर हटाउन खोजेको बताए । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रक्रियामा परराष्ट्र मन्त्रालयले हदभन्दा बाहिर गएर हस्तक्षेप गरेको कारणले बाध्य भएर पाटन उच्च अदालतमा जानुपर्ने बाध्यता आएको बताए । उनले अदालतले चुनाव गराउन वर्तमान कार्यसमितिमा पूर्णअधिकार दिए पछि अध्यक्ष कुमार पन्तले सबै पक्षलाई समेटेर चुनाव बनाउन चाहनु भएको कारणले निर्वाचन गर्न ढिलाइ भएको बताए ।

    उनले संघको विवाद मिलाउन गठित उच्चस्तरीय समितिले समस्याको समाधान दिनुको सट्टा चुनाव भाँड्न लागेकोमा आक्रोश पोखे । उनले उच्चस्तरीय समितिले नियमावलीका छिद्रा खोजेर चारवटा देशबाहेकका अन्य देशका महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताव ल्याएको बताए ।

    गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले विभिन्न बहाना बनाएर संघको विवादलाई लम्बाएर चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले संघभित्र विवाद नीतिको होइन नियतिको भएको बताए । उनले मध्यपूर्वलगायतका देशमा प्रतिनिधि कटौतीको प्रस्तावले विखण्डनको दिशामा गैरआवासीय नेपाली संघको अभियानमा लैजाने बताए । उनले प्रतिनिधि कटौतीको प्रस्ताव आउनु नै दुर्भाग्यपूर्ण भएको बताए ।

    उच्चस्तरीय समितिका सदस्यहरूले एक गुटको पक्षको पक्षपोषण गरेकोप्रति खेद व्यक्त गरे । गैरआवासीय नेपाली संघ अफ्रिया क्षेत्रीय संयोजक रोशन थापाले संघको जनमतमाथि प्रहार भएको बताए । उनले संघका पूर्वअध्यक्ष शेष घले समूहले संघको अस्तित्व माथि नै आँच आउने गरी गतिविधि अघि बढाएको बताए ।

    यस्तो छ निर्वाचन तालिका

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका गत साता सार्वजनिक भएको थियाे । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको ४ र ५ मार्चबाट सुरु हुने भएको छ । कार्यतालिकाअनुसार यही १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । २३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेब्रुअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

    ४ र ५ मार्चमा उम्मेदवारको मनोनयन पत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

    ११ मार्चमा उम्मेदवारले मनोनय फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्चमा बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.