• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

  •   आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चहान्छन् । तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन । स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए । गाउँमा सामान ओसारपसारका लागि सानो सवारी किन्न पाए राम्रै कमाई हुने उनको बुझाइ थियो । गत फागुनमा बेला मोटर्सको ३ चक्के पेट्रोल इञ्जिन भएको मालबाहक गाडी हेरे । गाडीको दाम थियो- ६ लाख ४२ हजार रुपैयाँ। फाइनाइन्स गरेर पनि उनले सवारी पाउने भएपछि तीन लाख ५० हजार रुपैँया बिर्तामोडको आरती-बुद्धमा नगद बुझाए । बाँकी सहकारीबाट फाइनाइन्स गरे ।

    गाउँमा काठ, सिमेन्ट, धानपराललगायतका वस्तु ढुवानी गरेर राम्रो आम्दानी गर्न सक्ने सपना थियो, उनको । ‘विदेश जानुनपरोस्, नेपालमै केही गर्न पाइयोस् भन्ने थियो,’ उनले भने, ‘सबैभन्दा उपयुक्त यही सवारी हुने देखेर किनेँ ।’

    गाडीमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने भनेर विज्ञापन गरिएको थियो । उनलाई निकै किफायती लाग्यो । तर, विज्ञापन ३५ किलोमिटरको भए पनि गाडी ६ देखि १० किलोमिटर मात्र माइलेज दिएको उनको गुनासो छ । ‘माइलेज मात्र हैन गुड्दागुड्दै इन्जिन तातिन्थ्यो । बीच सडकमै बेलाबेला इन्जिन बन्द नै हुन्थ्यो,’ उनी भन्छन्, ‘समस्याले त हैरान बनायो । समस्या कति कति ।’

    गाडीले हैरानी दिएपछि उनले तीन महिनामै गाडी फिर्ता गरे । ‘कमाईको साटो उल्टो खर्च हुने देखियो । त्यसैले फिर्ता गरेँ,’ उनी भन्छन् । कन्काई ३ का वेदप्रकाश जैनले पनि यही गाडी किनेका थिए । विज्ञापनमा ३५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भनेपछि उनी हौसिएका थिए । सवारी चालक राखेर सामान ओसारपसार गर्न सुरु गरे । ‘तर, गाडीले तेल हैन पानी खाएजस्तो लाग्यो,’ उनी भन्छन्, ‘एक महिनामा चार जना ड्राइभर नै फेरेँ । ३५ किलोमिटर माइलेज दिन्छ भनेर किनेको, तर चालकले १० किलोमिटरभन्दा माइलेज दिएन भनेपछि चालकले तेल चोरी गरेको जस्तो पो लाग्यो ।’ मजदुरी गर्दै आएका जैनले १२ धुर जग्गा धितो राखेर गाडी किने थिए ।

    बेला मोटर्स प्रा.लिको आधिकारिक विक्रेता आरती बुद्ध अटोमोबाइल्स प्रालिबाट ३ चक्के चारवटा मालबाहक सवारी विक्री भएको थियो । तर, चारवटैमा समस्या आएको आरती बुद्ध टीका ओडारीले जानकारी दिए । गाडीमा भएको समस्याबारे जानकारी गराउँदा पनि बेवास्ता गरेको बताए । आफूले ग्राहकको पैसा फिर्ता दिएको उनले बताए ।

    ‘मजदुरी गर्नेले गाडी खरिद गर्नुभएको थियो । ऋण लिएर खपरिद गर्नुभएको थियो । क्यास दिएको पैसा फिर्ता दिएँ । किस्ताको जिम्मेवारी पनि मैले लिएको छ,’ उनले भने, ‘करिब २६ लाखको भार मैले लिएँ । कम्पनीलाई जानकारी गराउँदै सधैँ बेवास्ता गर्छ । म दोहोरो मर्कामा परेँ ।’

    १९ मंसिर २०७८ मा बेला मोटर्सका बजार प्रतिनिधि निर्मल पाण्डे आएका थिए । उनले गाडी खरिदकर्ता आरती बुद्धका ओडारीसँग समस्या समाधान गर्ने लिखित कागज गरे । इलाका प्रहरी कार्यालय अनारमनीमा यो सम्झौता भएको थियो । त्योबेला एक हप्ताभित्र समस्या समाधान गर्ने सहमति भएको थियो । तर, अहिले भने प्रहरी प्रशासनमा जान धम्की दिँदै आएको ओडारीले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.