चितवन । चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक सयमा झरेको छ । पछिल्लो २४ घण्टामा २५ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या झरेर एक सय चार पुगेको छ ।
सक्रिय संक्रमित मध्ये एक सय जना होम आइसोलेसनमा छन् भने चार जना अस्पतालमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २५ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या पनि ३२ हजार नौं सय ७६ पुगेको छ ।
यस्तै अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या ३३ हजार पाँच सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा स्वाब परीक्षण भएको छैन । कोरोनाबाट अहिलेसम्म चार सय ४९ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।








