काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड(१९ को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।








