चितवन । चितवनमा थप ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । शनिबार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएको परिक्षणमा भरतपुर महानगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्य चार पुरुष र एक महिला रहेको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जनाएको छ । भरतपुर महानगरपालिका ०५ १५, १६, र २४ का ३६, ३८ , ४३, ३६ का बर्षीय पुरुष रहेका छन् भने एक २७ बर्षीय महिलामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् । उनीहरु सबै क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् । शनिवार १२९ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्य ५ रिपोर्ट पोजेटिभ आएको र बाँकी १२४ जनाको नेगेटिभ आएको डा. अधिकारीले बताईन् ।









