काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तोलामा ९२ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको थियो । आज भने आज १ सयले गिरावट आएको छ । यस्तै तेजावी सुन ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








