• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयन : शुभद्रा आले

  •   मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्काे अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ ।
    विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् ।  यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले ।

    नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)बाट सेवानिवृत्त भएकी उनी महिला सशक्तिकरणको लागि आवाज उठाउने गरेकी छन् । आफुभित्र भएको समाजप्रतिको चिन्तन, दृष्टिकोण र समाज परिवर्तन गर्ने हेतुका साथ उनी महिला हिंसाविरुद्धको कार्यमा लागेको बताउँछिन् ।

    पारिवारिक सल्लाहअनुसार प्रहरीमा प्रवेश गरेकी शुभद्रा सेवानिवृत्तपछि महिला हिंसा अन्त्य र पीडितलाई न्याय दिलाउने कार्यमा खटिरहेकी छन् । विवाहपछि प्रहरीको जागीरबाट आफूलाई हटाउन श्रीमानलाई साथी भाइदेखि आफन्तसम्मले दिएको सुझावपछि विभेदविरुद्धको कदम चाल्न आफूलाई उत्प्रेरित गरेको शुभद्रा स्मरण गर्छिन् । उनको साथलाई बुबाआमादेखि सासुससुराले पनि साथ दिए ।

    ‘विवाहपछि मलाई प्रहरीको जागीरबाट निकाल्न श्रीमानलाई सल्लाह दिएपछि विभेदविरुद्ध लाग्न उत्प्रेरित गर्‍यो,’ विगत स्मरण गर्दै शुभद्राले न्युज कारखानासँग भनिन्, ‘तर, प्रहरीको जागीर नछाड्न बुबाआमादेखि सासुससुराले साथ दिनुभयो ।’

    प्रहरीमा हुँदादेखि नै आफू महिला हिंसाविरुद्ध लागेको बताउने उनी धेरै महिलालाई  हिंसाबाट मुक्त गराएर न्याय दिलाएको बताउँछिन् ।
    महिला अधिकार रक्षाका लागि संघर्षमा रहेकी उनी अहिले सबैको प्रिय र आशाको व्यक्ति बनेकी छन् । अझ सरकारले यही कर्ममा लागेकै कारण उनलाई राष्ट्रिय पुरस्कार दिएरसमेत सम्मान गरेपछि आफूमाथि जिम्मेवारी थपिएको महसुस भएको बताउँछिन् ।

    तराई मधेश क्षेत्रमा दाइजो प्रथाले महिला हिंसामा परेका छन् । दाइजो नदिए राम्रो घरकोले बिहे गर्दैन र पछि अरुले पनि विवाह गर्दैनन् भन्ने सोचले अभिभावकहरु दाइजो दिन बाध्य छन् । ‘दाइजो नदिई विवाह गरेका महिलाहरू शारीरिक तथा मानसिक हिंसा भोग्न बाँध्य छन्,’ शुभद्रा भन्छिन्, ‘कतिपय महिला हिंसा सहन नसकेर आत्महत्या गर्न समेत बाँध्य छन् ।’

    तराई मधेशमा महिलालाई विभिन्न डर त्रास दिएर घरेलु हिंसा  बढिरहेको उनी बताउँछिन् । दाइजो प्रथा, बाल विवाहजस्ता सामाजिक विकृतिको अझ पनि अन्त्य नभएको देखिन्छ । कानुनमा कडाई, कानुन कार्यान्वयन नहुनु, राजनितिक हस्तक्षेप बढी भएको कारण तराई क्षेत्रमा बढी रुपमा बालविवाह, दाइजो प्रथा अन्त्य हुन नसकेको उनको बुझाइ छ ।

    तराईमा स्थानीय भाषा जानेका महिला प्रहरीको अभावमा पनि हिंसालाई अन्त्य गर्न नसकिएको उनको अनुभव छ । शुभद्रा भन्छिन्, मैथिली भाषा जानेका महिला प्रहरी नहुँदा पीडितले आफ्नो दुःख पीडा व्यक्त गर्न सक्दैनन् । जस कारण उनीहरु पीडा र दमन खेपेर बस्न बाँध्य छन् ।’

    आफू प्रहरीमा हुँदा पीडितलाई न्याय दिलाउन मैथली भाषा सिकेको शुभद्राले बताइन् । ‘जो दुःख, पीडा, हिंसामा हुन्थेँ, उनीहरु मसँग आएर आफ्नो पीडा व्यक्त गर्थे । मैले मैथली भाषा जानेकाले उनीहरुलाई समस्या बताउन सजिलो भएको हो,’ उनले भनिन् ।

    कानुन कार्यान्वयन र राजनीतिक हस्तक्षेपका कारण महिला हिंसा अन्त्य नभएको शुभद्राको बुझाइ छ । ‘राजनीतिक हस्तक्षेप नहुने र कानुन कार्यान्वयन प्रभावकारी रुपमा हुने हो भने महिला हिंसा अन्त्य गर्न गाह्रो छैन,’ उनी बताउँछिन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.