काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आइतबार २ सय रुपैयाँले बढेर एक लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले बढेको छ । गत शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।








