• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

संकटमा आरन व्यवसाय

  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । गाउँघरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुखौैंदेखि चल्दै आएको यस व्यवसाय वजारमै तयारी भएका साधन आएपछि यसको महत्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायिको गुनासो छ । गाउँघरमा चलाउदै आएका हसियाँ, वन्चरो जस्ता हतियार विस्तारै लोप हुँदै गएको मर्स्याङदी गाउँपालिका ५ छिचुका ६१ वर्षीय सन्त कामी बताउँछन् ।

    ‘पहिला–पहिला बजारमा पनि त्यस्ता साधन पाइदैन्थ्यो केही खर्च दिएर हसिया बन्चरोजस्ता घरायसी चाहिने हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् ,बजारमा उत्पादित सामनले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

    समय परिवर्तनसँगै विस्तारै गाउँघरमा परम्परागत रुपमा चलिआएका पेशा पनि लोप हुने स्थितिमा रहेको छिचुका ७८ वर्षिय हर्कबहादुर विक बताउँछन् ।

    यस्ता पुराना पेशालाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङदी गाउँपालिका(५ का वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । गाउँघरमा भएका साधन, स्रोत र सिपलाई प्रयोगमा ल्यउँदा दिगो र टिकाउ हुने गुरुङको भनाई छ ।

    पुर्ख्यौली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केहि नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मस्र्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीको भनाई छ । ‘मैले वुवासँग हसियाँ, बन्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ,’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सीपलाई बचाई आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटिको रुपमा लिदै आएको छु ।’

    पहिलेपहिले यसै पेशाले घरपरिवारको एक गाँस खुवाउन केही सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हसिया, बन्चरो बनाउदा वर्षेनी एक घरले एक दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायवाट घरपरिवार पाल्न समस्या भएको सोमबहादुर कामीले बताए ।

    एउटा हसियाँको ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले हसियाँ बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेशा छोड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउदा पेशा नै पलायन हुन लागेको बताए ।

     

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.