• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर महानगरपालिकाद्वारा महिला सहकारीलाई कम्प्युटर प्रदान

  •   मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तरगत महानगरपालिका भित्र सञ्चालीत महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले आज (मंगलबार) महानगर भित्रका सात वटा सहकारी संस्थालाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । महिला सहकारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको नगर प्रमुख दाहालले बताउनुभयो । महानगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख दुवै जना महिला भएकाले महिलाहरुको जीवनस्तर उकास्न तथा रोजगारी सिर्जना गर्न आफूहरु सधैँ तत्पर रहेको दाहालको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महिला सहकारीहरुको सेवा अन्यको भन्दा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । सहकारीले गर्ने सबै कारोबार विद्युतीय हुनुपर्नेमा जोड दिँदै जोशीले कम्प्युटर तथा प्रिन्टरका माध्यमबाट सहकारीको क्षमता समेत अभिवृद्धि हुने बताउनुभयो । महिलाहरुले सञ्चालन गरेको सहकारी उदाहरणीय हुनुपर्ने भन्दै जोशीले मंगलबार प्रदान गरिएको कम्प्युटरले सहकारीको कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । कम्प्युटर तथा प्रिन्टरका लागि आवेदन परेका सबै महिला सहकारी संस्थाहरुलाई सामग्री प्रदान गरिएको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले बताउनुभयो । सहकारी संस्थाहरुलाई नाइन्थ जेनेरेशनको ब्राण्डेड कम्प्युटर तथा फोटोकपी, प्रिन्ट र स्क्यान गर्न मिल्ने प्रिन्टर प्रदान गरिएको पौडेलको भनाइ छ । ती सामग्रीको लागि भरतपुर महानगरपालिकाको ७५ प्रतिशत तथा महिला सहकारी संस्थाको २५ प्रतिशत लगानी रहेको पौडेलले जानकारी दिनुभयो । भरतपुर २७ को शिवालय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर २१ को पञ्चज्योति महिला बचत तथा ऋण संस्था लिमिटेड, भरतपुर १५ को फूलबारी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, भरतपुर २५ को अमृत महिला बचत तथा ऋण संस्था लिमिटेड, भरतपुर २६ को दिव्यनगर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, भरतपुर २६ को शान्ति महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर १८ को उन्नती महिला विकास सहकारी संस्था लिमिटेडलाई महानगरपालिकाको तीन लाख ५० हजार रुपैयाँ अनुदानमा कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको सहकारी अधिकृत पौडेलले बताउनुभयो । त्यस्तै, महानगरपालिकाको सहकारी शाखाले दुई वटा सहकारी संस्थालाई मिल्क एनालाइजर खरिदका लागि रकम प्रदान गरेको छ । सहकारी अधिकृत रामबाबु पौडेलकाअनुसार भरतपुर २१ को ओम शिवालय कृषि सहकारी संस्था लिमिटेड र भरतपुर २५ को अमृत बहुउद्देश्यीय सहकारी संस्थालाई मिल्क एनालाइजर खरिदका लागि १/१ लाख रुपैयाँ प्रदान गरिएको छ । कार्यालयले गाईपालनका लागि समेत भरतपुर २३ को आयुश महिला विकास कृषि सहकारी संस्थालाई पाँच लाख रुपैयाँ अनुदान दिएको पौडेलले बताउनुभयो । सिमान्तकृत कुमाल जातिको आयस्तर उकास्नका लागि समेत महानगरपालिकाले सहकारीमार्फत अनुदान प्रदान गरेको उहाँले बताउनुभयो । भरतपुर २८ को लौखरी कृषि सहकारी संस्थालाई तरकारी खेती गर्न बीऊ पुँजीस्वरुप पाँच लाख रुपैयाँ प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो । महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखा मार्फत विभिन्न आठ वटा सहकारी संस्थाहरुलाई भवन निर्माणका लागि क्रमागतमा रकम प्रदान गरिने सहकारी अधिकृत पौडेलले बताउनुभयो । भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र बुझाएपछि आठ वटा सहकारीलाई ५० प्रतिशत रकम बराबरको अनुदान दिने निर्णय भएको पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार भरतपुर ७ को प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थालाई १० लाख, भरतपुर २५ को सानाकिसान कृषि सहकारी संस्थालाई १० लाख, भरतपुर २४ को आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थालाई आठ लाख, भरतपुर १३ को उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थालाई १० लाख, भरतपुर १६ को किसान बहुउद्धेश्यीय सहकारी संस्थालाई पाँच लाख, भरतपुर १९ को सिर्जना महिला विकास सहकारी संस्थालाई पाँच लाख, भरतपुर २२ को अमर बहुउद्धेश्यीय सहकारी संस्थालाई दुई लाख र भरतपुर ३ को नारायणगढ तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडलाई पाँच लाख रुपैयाँ अनुदान दिइने बताउनुभयो । कार्यक्रम यसै आर्थिक वर्षको भएपनि सहकारीहरुले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र बुझाएपछि अर्को वर्ष समेत अुनदान दिन मिल्नेगरि सम्झौता गरिएको पौडेलको भनाइ छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.