• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राष्ट्रिय महिला लिग : विवादास्पद खेलमा एपिएफ विजयी 

  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  दोस्रो राष्ट्रिय महिला लिगको विवादास्पद खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी विजयी भएको छ । चितवनको भरतपुरमा आज (बिहीबार) बाट सुरू भएको महिला लिगको पहिलो खेलमा साविक बिजेता एपिएफले त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्‍यो । एपिएफको जितमा कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरिन् ।  आर्मीको तर्फबाट रश्मि गुरुङले एक गोल गरिन् ।

    पहिलो हाफ फितलो भएको खेलमा तिनै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सृजना गर्न सकेनन् । दोस्रो हाफमा दुबै टोलीले केही आक्रमक खेल प्रस्तुत गरेको थियो । ५२ औं मिनेटमा एपिएफकी डिफेन्डर मनमाया लिम्बुले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरको सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाइन् । तर आर्मीको अग्रता पाँच मिनेट पनि टिकेन । ५७ औं मिनेटमा एपिएफकी कप्तान रेनुकाले बराबरी गोल फर्काइन् ।

    रेनुकाले डिबक्स बाहिरबाट गरेको प्रहार वचाउने आर्मीकी गोलरक्षक अन्जना राना मगरको प्रयास असफल भयो । ५९ औं मिनेटमा एपिएफकी स्टार फर्वाड सावित्रा भण्डारी (साम्बा) मैदान प्रवेश गरिन् । ११ महिनापछि खेलमा फर्किएकी साम्बाले आर्मीका डिफेन्डरलाई व्यस्त बनाईन् । ८१ औं मिनेटमा एपिएफले अग्रता लियो । फर्वाड अनिता बस्नेतले फ्री किकमा गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । त्यपछि खेलमा विवाद भयो । अनिताको फ्री किक गोलकिपर अन्जनाले रोके पनि रेफ्रीले गोल दिएको भन्दै आर्मीले मैदान छोडेपछि केही बेर खेल रोकियो ।

    एन्फासँगको छलफलपछि आर्मी खेल्न सहमत भयो । बाँकी समयमा थप गोल हुन सकेन र एपिएफ २-१ ले विजयी भयो । खेलको प्लेयर अफ दि म्याच एपिएफकी कप्तान रेनुका भईन् । लिगमा भोलि (शुक्रवार) तीन खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ । यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो  ।

    डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित  खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।

    तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०-५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.