• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

राष्ट्रिय महिला लिगमा आर्मी र विराटनगरको पहिलो जित

  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जित दर्ता गरेको छ । आज (आइतबार) भएको खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेको हो । आज भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई–दुई गोल गरे । बिमला चौधरी र कुसुम खतिवडाले ए–(एक गोल गरे । आर्मीले एक गोल भने उपहार पाएको थियो ।

    पहिलो हाफमा नै ललितपुरको पोष्टमा ५ गोल ग¥यो । खेलको ८ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाईन् । उनले हेमा चौधरीको क्रसमा गोल गरिन्। लगत्तै १२ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले बिमलाको क्रसमा गोल गरेकी हुन् । १५ औं मिनेटमा शर्मिलाले गर्दै आर्मीलाई ३–० को अग्रता दिलाईन्। २४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४–० बनाईन् । ४० औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मीले ५–० को अग्रता लियो ।

    पहिलो हाफमा ललितपुरले केही अवसर सृजना गरे पनि आर्मीको डेन्फेन्स तोड्न सकेन । ५९ औं मिनेटमा आर्मीले उपहार गोल पायो । बल क्लियर गर्न खोज्दा ललितपुरकी कप्तान सिर्जना सिंहले आफ्नै पोष्टमा गोल गरिन् । ८१ औ मिनेटमा आर्मीले ७–० को अग्रता लियो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी कुशुम खतिवडाले डिबक्स भित्रबाट सुन्दर गोल गरिन् । दोस्रो हाफमा ललितपुरले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । खेलको प्लेयर अफ दि क्याच आर्मीकी शर्मिला भईन् ।

    यो जितसँगै आर्मीले तालिकामा दुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल ९एपिएफ० फुटबल क्लबसँग पराजित भएको थियो । पराजित ललितपुरको पनि दुई खेलबाट समान अंक छ । ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित गरेको थियो । आजको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३(१ ले पाखा लगायो । विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले दुई तथा अस्मिता चौधरीले एक गोल गरिन् । वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन् ।

    खेलको १३ औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिईन् । वालिङका डिफेन्डर र गोलकिपर बिट भएको अवस्थामा उनले बललाई जाली चुमाईन् । लगत्तै १७ औं मिनेटमा मिनाले नै व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई दोहोरो अग्रता दिलाइन् । वालिङको गोलकिपर अगाडि बढेको फाइदा उठाउदै उनले एकल प्रयासमा सुन्दर गोल गरिन् । ३० औं मिनेटमा विराटनगरका लागि अस्मिताले तेस्रो गोल गरिन् । अगाडि बढेकी वालिङको गोलकिपरलाई बिट गर्दै अस्मिताले विराटनगरलाई ३–० लो अग्रता दिलाईन् ।

    ८५ औं मिनेटमा वालिङकी सुस्मिताले गोल फर्काइन् । डिबक्स भित्रबाट उनले सुन्दर गोल गरिन् । खेलको अन्त्य तिर वाकिङ आक्रमक खेल प्रस्तुत गरे पनि हार टार्न सकेन । खेलको प्लेयर अफ म्याच वालिङकी कप्तान मनमाया दमाई भईन् । यो जितपछि विराटनगरले दुई खेलबाट ३ अंक बनाएको छ । विराटनगर पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । समान खेल खेलेको वालिङ अंकबिहिन छ । वालिङ पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो ।

    लिगमा भोलि (सोमबार) पनि दुई खेल हुनेछ । सोमबारको पहिलो खेलमा दिउँसो १स्१५ बजे धनगढी र ललितपुरबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ बजे दुई बिभागिय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्नेछन् । (नोट ः क्लबको नाम फोटोमा लेखिएको छ)

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.