• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

साम्बा चम्किँदा एपिएफको लगातार दोस्रो जित

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।चितवन । सावित्रा भण्डारी साम्बाको एक गोल र एसिस्टमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले राष्ट्रिय महिला लिगमा लगातार दोस्रो जित निकालेको छ ।  सोमबार  भएको खेलमा एपिएफले अर्को बिभागीय टोली नेपाल पुलिसलाई २-० ले पराजित गरेको हो । एपिएफको जितमा प्रिती राई र सम्बाले एक(एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    दुबै गोल दोस्रो हाफमा भयो । ५० औं मिनेटमा पुलिसकी निरु थापाको प्रहार एपिएफफी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले मुस्किलले बचाईन् । लगत्तै ५५ औं मिनेटमा एपिएफले गोल ग¥यो । पहिलो हाफमा दोस्रो हाफमा अनिता बस्नेतको स्थानमा मैदान प्रवेश गरेकी प्रिती राईले एपिएफलाई अग्रता दिलाईन् । दोस्रो हाफमा मैदान प्रवेश गरेकी सावित्रा भण्डारी साम्बाले ५१ औं मिनेटमा लेफ्ट विङबाट गरेको सुन्दर पासमा प्रितीले ट्याप इन गोल गरिन् ।

    दोस्रो हाफमा मैदान छिरेकी सम्बाले खेलमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै एपिएफको गोल सुनिश्चित गरिन् । उनी नै प्लेयर अफ दि म्याच घोषित भईन् । यससँगै एपिएफले जारी लिगमा लगातार दोस्रो जित निकालेको छ । यस अघि एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी एफसीलाई पराजित गरेको थियो । एपिएफले दुई खेलबाट ६ अंक बनाएको छ । समान खेल खेलेको पुलिसको ३ अंक छ । पुलिसले पहिलो खेलमा विराटनगरलाई पराजित गरेको थियो ।

    यस अघि आजको पहिलो खेलमा धनगढीले चन्द्रपुरलाई पराजित गरेको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा धनगढीले चन्द्रपुरलाई २(१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा धनगढीलाई जिताउन बिर्सना चौधरी र कप्तान चन्द्रा भण्डारीले समान एक(एक गोल गरे । चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काईन् ।

    खेलको ४५ औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिईन् । डिबक्स बाहिरबाट उनले गरेको प्रहार घनगढीकी गोलकिपर कविता विकले पत्तै पाईनन् । तर चन्द्रपुरको अग्रता ३ मिनेट पनि टिकेन । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा धनगढीले पेनाल्टी पायो । डिबक्स भित्र चन्द्रपुरकी डिन्फेन्डरले ह्याण्ड गरेपछि प्राप्त अवसरलाई सदुपयोग गर्दै धनगढीकी बिर्सनाले बराबरी गोल फर्काईन्।

    लगत्तै दुई मिनेटपछि धनगढीले अग्रता लियो । क्याप्टेन चन्द्राले एकल प्रयासमा गोल गर्दै धनगढीलाई अग्रता दिलाईन् । दोस्रो हाफमा चन्द्रपुरले लगातार आक्रमक खेल प्रस्तुत गरे पनि फिनिसिङ कमजोर रह्यो । खेलमा थप गोल भएन र धनगढी २(१ ले विजयी भयो ।
    खेलको प्लेयर अफ दि म्याच धनगढीकी कप्तान चन्द्रा घोषित भईन्। यो जितपछि दुई खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीले ६ अंक बनाएको छ । दुई खेलमा नै पराजित भएको चन्द्रपुर अंकबिहिन छ ।

    लिग अन्तर्गत बुधवार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे चन्द्रपुर र विराटनगरबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीच हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.