काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार ४ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको ९८ लाख ३ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।








