• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर मेयर कपको उपाधि मकवानपुरलाई

  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज (बिहीबार) भएको फाइनल खेलमा नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । उपाधिसंगै मकवानपुरले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

    उपविजेतामा चित्त बुझाएको नवलपुरले २० हजार र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता टोलीलाई समापन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेल र विशिष्ट अतिथि खेलकुद शाखाका प्रमुख शिवप्रसाद ढुंगानाले पुरस्कार प्रदान गरेका थिए । टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ४० ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । उसका लागि विशाल फुयाँलले ६९, सुव कशंकारले ४३, आकाश घिमिरेले २४ र गौरव खड्काले २० रन बनाए ।

    नवलपुरका लागि कमल परियारले १० ओभरमा ४९ रन खर्चिदै ६ विकेट लिए । विशाल पौडेल, अप्रजित पौडेल, रिजन काफ्ले र प्रशान्त आचार्यले एक÷एक विकेट लिए । २२६ रनको लक्ष्य पछ्याएको नवलपुर १६.४ ओभरमा ५१ रनमै अलआउट भयो । सुभम खरेलले १३ र दिपक डुम्रेले ११ रन बनाए भने अन्य व्याटरले दोहोरो अंक छुन सकेनन् । नवलपुरलाई सस्तैमा समेट्न रिजन ढकालले ७, रामनरेश गिरी र विपुल खनालले एक÷एक विकेट लिए । खेलको प्लेयर अफ दि म्याच मकवानपुरका रिजन ढकाल भए ।

    यस्तै चार दिनसम्म चलेको प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरका रिजन ढकाल भए । उनले ट्रफी र मेडल प्राप्त गरे । मकवानपुरकै सुव कंशकार उत्कृष्ट व्याटर र नवलपुरका कमल परियार उत्कृष्ट घोषित भए । उनीहरु दुवैले नगद र ट्रफी प्राप्त गरे । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि पौडेलले भरतपुर महानगरपालिकालाई खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको बताए । उनले स्थानीय खेलाडीको स्तरवृद्धिका लागि यसखालको प्रतियोगिता आवश्यक रहेको भन्दै आगामि दिनमा क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न महानगर सहयोगी भूमिका खेल्ने बताए ।

    उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघि बढाउन महानगर लागि परेको भन्दै छिट्टै बाँकी निर्माण प्रक्रिया अघि बढ्ने बताए । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको समापन समारोहमा चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले मन्तव्य व्यक्त गरेका थिए । समापन समारोहमा सहयोग संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । चैत १४ गतेदेखि सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समुद्घाटन गरेकी थिइन् ।

    नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा भएको एकदिवसीय प्रतियोगितामा मकवानपुर, चितवन र नवलपुरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा चितवन लगातार दुई खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो भने मकवानपुर अपराजित र नवलपुर एक खेलमा जित निकाल्दै फाइनल पुगेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.