नवलपुर । नवलपुरको मध्यबिन्दुमा नगरपालिकामा टयाक्टरको ठक्करबाट एकजना बालिकाको ज्यान गएको छ । बुधबार सााझ ६ बजेको समयमा मध्यबिन्दु नगरपालिका स्थित भित्री खण्डमा बुधबार राती लु २ त ८८६४ नं को ट्याक्टरले ठक्क्र दिदा ४ बर्षिया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मध्यबिन्दु नगरपालिका १५बस्ने बिरेन्द्र महत्तोको छोरी अनुश्का महतोको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिसपी मोहनबहादुर खाँणले जानकारी दिनुभयो । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।








