• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता रामपुरमा सुरु

  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा सुरु भएको छ । प्रतियोगिताको बिहिबार उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले प्रतियोगितालाई विश्वविद्यालयले नियमित वार्षिक कार्यक्रममा समावेश गर्ने बताए ।

    विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना भएको बताउँदै उनले आगामी दिनमा अन्य खेलकुदसँगै छात्राहरु बीच पनि फुटबल प्रतियोगिता आयोजना गरिने जानकारी दिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विद्यार्थीका लागि अध्ययनसँगै सामाजिक विकास र शारीरिक विकासका लागि खेलकुद पनि जरुरी रहेको बताईन् ।

    प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए । प्रतियोगितामा विश्वविद्यालयको कृषि संकायको २, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको १, वन विज्ञान संकायको १ टिमको सहभागिता रहेको छ ।

    यस्तै, विश्वविद्यालयको पुरुञ्चौर, पाख्रिबास, बर्दिबास, कटारी, मरिण, टिकापर, रोल्पा, खजुरा र दुल्लुमा रहेको आंगिक कलेज प्रत्येकबाट १ टिम, भ्यालि कृषि क्याम्पस ललितपु, सिद्धान्त कलेज गैंडाकोट र ब्राईट मध्य पश्चिम कृषि कलेज सुर्खेतको टीम सहभागी छन् । बिहिबार भएको उद्घाटन खेलमा पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले कृषि संकाय बी लाई ६–१ को गोल अन्तरले हराएको छ । खेलमा पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका लागि सौरभ गेलालले २ गोल गरेका थिए ।

    निशान दाहाल, दिपेश गुरुङ, सुदिप श्रेष्ठले १÷१ गोल गरेका थिए । कृषि संकायको तर्फमा आत्मघाती १ गोल भएको थियो । कृषि संकायका लागि १ मात्र गोल दिलिप घिमिरेले गरे । खेलमा म्यान अफ दि म्याच सौरभ गेलाल भए । प्रतियोगिताका विजयी टीमले ५० हजार, द्वितीयले २५ हजार, तेस्रोले १५ हजार र चोथौले १० हजार पुरस्कार पाउनेछन् ।

    म्यान अफ दि टुर्नामेट र सर्वाधिक गोलकर्ताले १० हजार तथा म्यान अफ दि म्याच हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक थपलियाले बताए । प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा शुक्रबार चार खेल हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.