काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६६।१२ प्रतिशत संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाईसकेका छन् । यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा। गौतमकाअनुसार भोजपुर, संखुवासभा, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् । नेपालमा पीसीआर विधिबाट हालसम्म ३ लाख ८ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ६८८ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ५५६ छ भने आइसोलेसनमा ५ हजार ८७१ जना उपचाररत छन् । हाल मुलुकका २७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।








