काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा सप्तरी जिल्लाको राजविराज नगरपालिका(१ का ७३ वर्षिय पुरुष रहेका छन् । उनी मधुमेह र मुटुका दीर्घरोगी थिए । उनी असार १ गते बेलुका खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा भर्ना भएका थिए । उनको साउन १ गते राति १०ः१५ बजे निधन भएको हो । उनी इमर्जेन्सीमा आएपछि स्वाब संकलन गरिएको र उक्त स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ आएको हो। योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।








