• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला

  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो ।

    कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७ सालमा रामनवमी मेला रोकिएको थियो । बिहान झिसमिसदेखि हलेसीमा महादेवस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ ।

    मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा मेला भर्न र दर्शन गर्न स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समय सडकको सहज पहुँचका कारण दर्शनार्थी रिजर्भ गाडीमा आउने र दर्शन गरेलगत्तै फर्कने गरेका कारण हलेसीमा भिडभाड भने तुलनात्मक रुपमा कम देखिन थालेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

    ‘पहिला सडक बनेको थिएन । दर्शनार्थी पैदल हिँडेर हलेसी आउन पर्थ्याे, खाना बनाएर खान पर्थ्याे, बिश्राम गर्न पर्थ्याे, अहिले गाडीमा आएर दर्शन गरेर फर्किने गरेका छन्,’ प्रमुख राईले भने, ‘त्यही कारण हलेसीमा पहिलाको तुलनामा दर्शनार्थीको चाप कम देखिन्छ । दर्शनार्थी आइरहनु भएको छ । तर, दर्शन गरेर फर्किहाल्ने गरेका कारण भिडभाड कम देखिन्छ । दर्शनार्थी आउने क्रम घटेको होइन ।’

    हलेसीमा रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । हलेसीमा दर्शन गर्न र मेला भर्न आएका दर्शनार्थीका कारण त्रिपालले ढाकिएका अस्थायी टहरामा राखिएका पशल तथा होटल भरिभराउ भएका छन् । जिल्ला तथा जिल्ला बाहिरका व्यापारी आउने भएकाले हलेसीमा लाग्ने मेला आर्थिक विनिमयको केन्द्रका रूपमा स्थापित छ ।

    रामनवमीको अवशरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटानलगायतका देशबाट दर्शनार्थीहरू हलेसी आउने गरेका छन् । भिडका कारण हलेसीका साना तथा ठूला होटल व्यस्त छन् ।

    हलेसी पुग्ने सहज बाटो बनेपछि काठमाण्डौ, बिराटनटर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, मञ्जुश्री गुफा, गर्दुम गुफा, भैरव गुफा, दुंदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरू हलेसी आउने गरेका छन् ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.