• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

महिला लिग : एपिएफ र आर्मीको जित

  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले अपराजित यात्रा कायमै राखेको छ । आज (आइतबार) भएको पहिलो खेलमा एपिएफले धनगढीलाई ९-१ को फराकिलो अन्तरले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारी साम्बाले ४, मन्जली कुमारी योन्जनले २ तथा अनिता केसी, सबिता राना मगर र रेनुका नगरकोटीले समान एक-एक गोल गरे ।

    एपिएफले खेलको तेस्रो मिनेटमा नै अग्रता लियो । एपिएफका लागि साम्बाले पहिलो गोल गरिन् । १९ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले अग्रता दोब्बर बनायो । २५ औं मिनेटमा मन्जलीले गोल गरिन् । ३० औं मिनेटमा अनिता केसीले गोल गरेपछि एपिएफले ४-० को अग्रता लियो । ३८ औं मिनेटमा साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ५-० को अग्रता लियो । ४३ औं मिनेटमा मन्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ६-० को अग्रता लियो ।

    दोस्रो हाफमा मैदान प्रवेश गरेकी सबिताले ६९ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता लम्बाईन्। ७४ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गरेपछि एपिएफले ८-० को अग्रता लियो । ९० औं मिनेटमा रेनुकाले एपिएफका लागि नवौं गोल गरिन् । अतिरिक्त समयमा धनगढीकी कप्तान चन्द्राले एक गोल फर्काईन् । खेलको प्लेयर अफ दि म्याच एपिएफकी मन्जली घोषित भईन् । अपराजित रहेको आर्मीको यी छैटौं जित हो । जारी लिगमा एपिएफ एक मात्र शतप्रतिशत नतिजा निकाल्ने टिम हो ।

    ६ खेल खेलेको एपिएफ १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । धनगढीको भने समान खेलबाट ३ अंक मात्रै छ । यस्तै आजको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगरविरुद्ध सहज जित निकालेको छ । आर्मीले विराटनगरलाई ३-० ले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापा मगर, दिपा राई र अमिशा कार्कीले गोल गरे । पहिलो हाफमा आर्मी १-० ले अघि रह्यो । १८ औं मिनेटमा शर्मिलाले गोल गर्दै पहिलो हाफमा आर्मीलाई १-० को अग्रता दिलाईन् । ७८ औं मिनेटमा दिपाले गोल गरेपछि आर्मीले अग्रता दोब्बर बनायो ।

    लगत्तै ८० औं मिनेटमा अमिशाले गोल गरेपछि आर्मी ३-० ले विजयी भयो । खेलको प्लेयर अद दि म्याच आर्मीकी दिपा राई घोषित भईन् । यो जितपछि आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेलेको आर्मीको ४ जित र २ हारबाट १२ अंक भएको छ । समान खेलबाट ९ अंक नै बनाएको विराटनगर तालिकाको चौथो स्थानमा झरेको छ ।

    लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १:१५ बजे धनगढी र नेपाल पुलिस क्लबबीच हुनेछ भने दोस्रो खेल आर्मी र चन्द्रपुरबीच दिउँसो ४:१५ बजे हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.