चितवन । आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाकाे उपप्रमुख पदमा उमेद्धवारी दिएर चुनावी मैदानमामा होमिएका राजीव न्यौपाने बर्तमान जिल्ला कार्यसमिति चितवनका उप सभापति हुन् । वि.सं. २०४६ सालमा नेपाल बिद्यार्थी संघ देबनगरको वडा इकाई समिति सचिब बनेर सुरुवाती चरणमै सबैको हाइहाइ बनेका थिए न्यौपाने । नेपाली काङ्ग्रेसको भातृ सगठनमा रहेर काम गर्दै जादा उनि वि.सं. २०४८ सालमा अरुणोदय मा वि गितानगरको ने वि. संघको इकाई अध्यक्ष समेत भए । त्यस्तै वि.सं. २०५० सालमा ने.वि. संघ गितानगर गाउँ समिति उपाध्यक्ष, वि.सं. २०५२ मा सप्तगण्डकी वहुमुखी क्याम्पस भरतपुर चितवनको इकाई सह-सचिव,वि.सं. २०५३ सालमा सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको ने.वि. संघको तर्फबाट स्व.वि.यु. सदस्य पदको उम्मेदवार भइ पार्टी र सगठनकाे लागी काम गर्दै आइरहेको उनको ठहर छ ।
वि.सं. २०५४ सालमा सप्तगण्डकी बहुमुखी क्याम्पस ने.वि. संघ इकाई सचिव,वि.सं. २०५४ सालमा ने.वि. सघं चितवनको जिल्ला सदस्य, वि.सं. २०५७ सालमा ने.वि. संघ चितवनको उपाध्यक्ष, वि.सं. २०६० सालमा ने.वि. संघ चितवनको सचिव पदमा रहेर काम गरेको अनुभव आफूँ सगँ भएको उनको तर्क छ । वि.सं. २०६४ सालमा ने.वि. संघ जिल्ला उपाध्यक्ष, नेपाल विद्यार्थी संघको ८ औ महाधिवेशन चितवन र,९ महाधिवेशन बिरगंज र १० औ केन्द्रीय महाधिबेशनमा चितवनबाट केन्द्रीय प्रतिनिधि समेत भएका , जनजान्दोलन २०४६, निरङकुश राजतन्त्र २०५९ असोज १८ को कदमका विरुद्धमा खरो रुपमा सडकमा उत्रिएका उनी जनआन्दोलन २०६२/०६३ मा सक्रिय रुपमा समेत सहभागि भएका थिए ।
वि.स. २०४८ सालदेखि २०७४ सम्मका सबै निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय सहभागिता निर्बाह गराउदै आएका न्यौपाने वि.सं. २०६७ सालमा नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा चितवन क्षेत्र नं ४ बाट नेपाली कांग्रेस जिल्ला सदस्यमा निर्वाचित भएका थिए । वि.सं. २०७२ सालमा नेपाली कांग्रेसको १३ औं महाधिवेशन पश्चात नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको सचिवको भूमिका निर्वाह गरेका ऊनी, नेपाली कांग्रेसको १४आैं जिल्ला अधिवेशनमा जिल्ला कार्यसमिति चितवनको उपसभापति पदमा निर्वाचित भएका हुन ।
नेपाली कांग्रेसको १४ आैं महाधिवेशनमा जिल्ला कार्यसमिति चितवनको उपसभापति पदमा निर्वाचित भई हाल कार्यसम्पादन गरिरहेको उनको भनाइ छ । मँ नेपाल विद्यार्थी संघ चितवनको सचिव हुँदा,तत्कालीन राजा ज्ञानेन्द्रले मिति २०६२ साल माघ २६ गते गराएको तथाकथित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा साविक भरतपुर नगरपालिका वडा नं -८ को गाैरिगञ्ज नि मा वि अगाडि सेनाको कुटाई बाट शक्त घाईते भई २१ दिन सम्म चितवन भरतपुर स्थित पुरानो मेडिकलमा उपचार गरेको हो ।
उनि थुप्रै सामाजिक संघ संस्थाका आबद्ध रहेका छन् । नेपाल रेडक्रस सोसाइटिका आजीवन सदस्य,नेपाल परिवार नियोजन संघ चितवनको आजीवन सदस्य, विभिन्न सहकारी, सामुदायिक वन लगायतका विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रही काम गर्दै आइरहेको अनुभव छ राजीव न्यौपाने सगँ अनुभव छ ।









