चितवन । भरतपुर महानगरपालिका १२ स्थित राधाकृष्णटोलका ५६ वर्षीय यदुनाथ न्यौपाने एक सातादेखि बेपत्ता भएका छन् । गत असार २७ गते शनिबार बिहान करिब ७ बजे चिया पिएर बाहिर निस्केका हुन् । शनिबार बेलुकासम्म न्यौपाने घर फिर्ता नभएपछि आइतबारबाट खोजी कार्य थालेको परिवारका एक सदस्य श्रीराम दवाडीले जानकारी दिए । परिवारका अनुसार खोजी कार्यको क्रममा न्यौपाने भरतपुरको चौबिसकोठी सिसिटिभी फुटेजमा नारायणगढतर्फ अटोमा गएका थिए । पछिल्लो पटक गैंडाकोटको थुम्सीस्थित बाटोमा हिडिँरहेको देखिएको परिवारको भनाइ छ भने हालसम्म कुनै पत्ता नलागेको बताएका छन् । न्यौपानेलाई देख्नुहुने जो कोहीले ९८५५०५४३०५, ९८४५०७७५४८ मा सम्पर्क गर्न वा प्रहरीमा जानकारी दिन आफन्तले आग्रह गरेका छन् । यता जिल्ला प्रहरी कार्यलय चितवनले भने खोजीकार्य जारी रहेको जनाएको छ ।








