चितवन । असार २५ गते देखिको अविरल वर्षाले अहिलेसम्म कुनै ठुलो क्षति नभएको जिल्ला विपद् व्यवस्थापन समिती चितवनले जानकारी दिएको छ । वर्षासंगै खोला नाला बढ्दा कालिका नगरपालिका र रत्ननगर नगरपालिकामा बाढी पसे पनि खासै धनजनको क्षति नभएको समितिका संयोजक एंव चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको हो ।
उहाँले राप्ती र नारायणी नदिको वीचमा रहेको भरतपुर महानगरपालिकाको वडा नं. २७ र २८ को सिमाना निउरे चोकमा भने नदीको बहाव बढ्दा जमिन कटानको समस्या आएको बताउनु भयो । तर, समयमै तारबार लगाएर सुरक्षित गराएको उहाँको भनाई छ ।प्रजिअ भट्टराईले चितवको पहाडी क्षेत्रमा पहिरो गए पनि त्यसले पनि कुनै ठुलो क्षती नगरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “लगातार वर्षा हुदा चितवनको पहाडी क्षेत्रमा पहिरो खसेको छ ।पहिरोका कारण सडक अबरुद्ध भएका छन । तर, कुनै धनजनको क्षती भने भएको छैन ।”
उहाँले यस वर्ष प्राकृतिक प्रकोपबाट हुने क्षतीलाई न्युनिकरण गर्न सुरक्षा निकाय गम्भिर रहेको बताउनु भएको छ ।जोखिमको सम्भावना देखिनासाथ तत्काल सामाधान तिर लागि परेको उहाँको भनाई छ । मौषम विज्ञका अनुसार साउन ४ गतेबाट मनसुन सक्रिय भएकाले चितवनमा बाढी पहिरोको जोखिम रहेको भन्दै सबैलाई सतर्क रहन भट्टराईले आग्रह गर्नुभयो ।
यस्तै चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य बहादुर थापाले आफ्नै हेलचक्राईले गर्दा माडी नगरपालिकामा एक जनाको ज्यान गएको बताउनु भयो । उहाँले गत असार २६ गते खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्न जादा एकजना ४० वर्षिय पूरुषको मृत्यु भएको जानकारी दिनुभयो ।उहाँले स्थानिय तहसँगै स्थानिय सुरक्षा निकाय सतर्क भईरहेको समयमा सर्वसाधारण पनि सजक रहे मात्र यस्ता अप्रिय घटना नहुने बताउनुभयो ।
प्रहरी प्रवक्ता थापाले भन्नुभयो, “प्राकृतिक प्रकोपबाट बच्न नसके पनि आफ्नो गल्ती बाट आईपर्ने दुर्घटनाबाट भने बच्न सकिन्छ । रिउ खोलाले बगाई ल्याएको दाउरा झिक्न भनि हामफालदा राम सिंह मर्दनिया बेपत्ता भएका थिए । उनको शव ५ दिन पछि रिउ खोलाको किनारामा मृत अवस्थामा फेला परेको थियो ।








