• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

छात्रालाई अश्लिल भिडियो देखाएको आरोपमा जनक मावि गैँडाकोटका शिक्षक प्रहरी नियन्त्रणमा

  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गैँडाकोट ५ नवलपुरको जनक माविमा पढाउने एक शिक्षकले कक्षा १२ पढ्ने छात्रालाई मोवाइलमा अश्लिल भिडियो देखाएको भन्दै दोषीलाई कारवाही गर्न विद्यार्थीहरुले माग गरेका छन् । शिक्षक कपिल घिमिरेले कम्युटर ल्यावमा विद्यार्थी एक्लैलाई अश्लिल भिडियो देखाएको र आफूसँग पनि सम्बन्ध राख्न भनेको विद्यार्थीहरुले बताएका छन् ।
    चैत ३० गतेको सो घटना भएपनि विद्यालय प्रशासनले शिक्षकलाई कारवाही गर्न विद्यार्थीले गरेको मागलाई वेवास्ता गर्दा भौतिक क्षती तथा मानिस घाइते हुने सम्मको अवस्था आएको उनीहरुको भनाई छ । शिक्षक घिमिरे विरुद्ध विद्यार्र्थीले प्रशासनलाई जानकारी गराएको तर विद्यालयले छात्राको अभिभावकलाई पनि कुनै जानकारी नदिएको र विद्यार्थी शिक्षकवीच समेत छलफल नगराएको विद्यार्थीको आरोप छ । ३० गतेको घटनामा आजसम्म पनि विद्यालय प्रशासनले न्याय दिने कुनै विधि नपनाएको भन्दै आन्दोलनमा आउनुपरेको विद्यार्थीहरुको भनाई थियो । न्याय पाउनैपर्ने माग उनीहरुको छ ।
    विद्यार्थीले न्याय माग्दा प्रहरी बोलाएर कुटेको भन्दै आन्दोलन चर्को भएको थियो । प्रहरी बोलाएपछि विद्यार्थी प्रहरीवीच झडप भएको थियो । विद्यार्थी प्रहरी दुतैतर्फ घाइते छन् ।
    उनीहरुले विद्यालय परिसरमा चर्को नाराबाजी लगाउँदै प्रधानाध्यापक चुडामणी शर्मा कडेँल र आरोपित शिक्षक कपिल घिमिरेको मोटरसाइकल जलाइदिएका छन् । विद्यालयका बेन्चकुर्ची, सिसिटिभि सिसा लगायतमा उनीहरुले तोडफोड गरेका हुन् ।
    आरोपित शिक्षकलाई प्रहरीले हत्कडी लगाएपनि विद्यार्थीहरुले कालोमासो र जुत्ताको माला लगाउन पाउनुपर्ने माग राखेपछि थप तनावग्रस्त बनेको थियो । वी वान्ट जस्टिस्, दोषीलाई फाँसी दे, जुत्ताको माला र कालोमोसो लाउन दे लगायतका नारा सहित विद्यार्थीले चर्को नाराबाजी गरेका थिए ।
    छात्राका अभिभावकले दोषीलाई कडा कारावही गर्न माग गरेका छन् । शिक्षा दिने शिक्षकले यतिसम्मको हर्कत गर्छन भन्ने नसोचेको तर आज पीडितबाटै सुन्न वाध्य भएको भन्दै सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न पीडितको हजुरबुबा डोलबहादुर परियारले माग गर्नुभयो ।
    यता विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कडेँलले घटनाबारे विद्यार्थीले ३० गते बेलुकीपख म्याडमहरुलाई जानकारी गराएको, वैशाख १ गते विदा र त्यसको भोलिपल्ट छलफल गर्ने भनेपनि आफन्तको अपरेश परेको भनी विद्यार्थी विद्यालय नआएको बताउनुभयो । तर हिजो शनिवार आज छलफलका लागि शिक्षक,विद्यार्थी अभिभावक राखेर कुराकानी हुँदैगर्दा वाहिर तोडफोड भएको बताउनुभयो । गुनासो आएपछि विद्यालयले सवैलाई राखेर छलफल गर्ने र त्यसपछिको प्रकृया अगाडि बढाउने तयारी भएपनि तोडफोड भएपछि अवस्था नियन्त्रण वाहिर गएको बताउनुभयो ।
    आन्दोलनमा विद्यार्थी प्रहरी दुवैतर्फ घाइते छन् । तर को कति घाइते र कति क्षती भयो एकीन विवरण आइसकेको छैन ।
    तर जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनले भने विद्यार्थीतर्फ कुनै घाइते नभएको र सात जना प्रहरी घाइते भएको बताउनुभयो । राजमार्ग अवरुद्ध हुन नदिन वाक्लो प्रहरी परिचालन गरेको र एक घण्टा अगाडि आरोपितलाई जिल्ला प्रहरी कार्यालय लगेको जानकारी दिनुभयो । अव पीडित पक्षबाट जाहेरी माग्ने र अनुसन्धान गरी सोही अनुसार प्रकृया अगाडि वढ्ने एसपी महर्जनको भनाई छ । घाइते प्रहरीहरुको सीएमसीमा उपचार भइरहेको छ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.