• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

बलियो पकेट क्षेत्र चितवन र पोखराबाट किन पछि हट्यो काङ्ग्रेस ? स्थानीय नेताबाट विद्रोहको संकेत !

  •   बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातिदै गएको छ। तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका सत्ता गठबन्धनले ६ महानगरको सिट बाँडफाँडमा सहमति जुटाएका छन् । ६ मध्ये ३ वटा महानगरपालिकामा कांग्रेसलाई मेयरमा सघाउने र बाँकी ३ वटामा नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपालाई १ र १ वटा छुट्याइएको छ।

    आफ्नो बलियो पकड हुँदाहुँदै पनि कांग्रेसले चितवन र पोखरा महानगरपालिकामा मेयरको दाबेदारीबाट पछि हटे पछि त्यस ठाउँका काङ्ग्रेस कार्यकर्ता पार्टी नेतृत्वसंग रुष्ट बनेका छन। काङ्ग्रेसले चितवनमा माओवादी र पोखरा (कास्की) मा समाजवादीलाई मेयर पदमा समर्थन गरेको छ । तर उक्त जिल्लाका काङ्ग्रेस कार्यकर्ताहरु यसलाइ मान्न तयार रहेको देखिदैन।

    दुवै जिल्लाका पार्टी संयन्त्रले नेतृत्वको चाहनालाई पुन:विचार गर्न आग्रह गरेको छ। पार्टी अध्यक्ष शेरबहादुर देउवालाई भेटी गठबन्धन जोगाउने नाममा समर्पणको राजनीति त्याग्न आग्रह गरेका छन्। रेणु दाहाललाई चितवनको मेयरमा समर्थन गरेर पार्टीको ग्रासरुटमा विद्रोहको स्थिति उत्पन्न हुने सम्मको तथ्यलाई बुझ्न देउवासँग आग्रह गरेका थिए। त्यसो त चितवन काङ्ग्रेसले लामो समय देखि भरतपुरमा काङ्ग्रेसले मेयर पाउनु पर्ने दाबी गर्दै आएको थियो।

    यसकै बिरोधमा केहि दिन अघिमा भरतपुरका ५० बढी सकृय कार्यकर्ताले स्वतन्त्र बस्ने भन्दै पार्टीबाट राजिनामा समेत दिएका छन। त्यतिमात्र हैन भरतपुरका २९ वटै वडा सभापतिहरुले भरतपुरको मेयर काङ्ग्रेसले नपाए मेयर लगायत सबै वडामा बिद्रोह गर्दै स्वोतन्त्र उमेदवार उठाउने चेतावनी दिएको थियो। शत प्रतिशत चितवन काङ्ग्रेस गठबन्धनमा काङ्ग्रेसले मेयर पाउनु पर्ने अडानमा रहदा पनि केन्द्रले बेवास्ता गर्दै भरतपुर माओवादीले भागमा पारेको छ। जिल्लाबाट नेतृत्व गरेका केन्द्रिय सदस्यहरुले यसको ब्यापक बिरोध गरिरहेका छन। अघिल्लो पटक मेयरको टिकट पाएर पनि माओवादीलाइ छाड्न बाध्य बनेका दिनेश कोइरालाले ब्यापक बिरोध जनाएका छन।

    कुनै पनि हालतमा काङ्ग्रेस केन्द्रले यो निर्णयको पुनर्बिचार गर्नु पर्ने उनको माग छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस पटक पनि चितवनमा जसरी भए पनि छोरी रेणु दाहाललाई नै मेयरमा जिताउने अभियानमा लागेका छन् । कांग्रेस सभापति देउवा अहिले नेता कार्यकर्तालाई भन्दा पनि प्रचण्डलाई बढी महत्व दिने गरेको आरोप लाग्ने गरेको छ । यो निर्णयबाट स्थानीय नेता तथा कार्यकर्ता भने खुशी छैनन् । त्यसो त कांग्रेसको शेखर कोइराला पक्ष शुरुदेखिनै चुनावी तालमेलको विरोध गर्दै आएका छन् ।

    आफूलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएको गुन तिर्न देउवाले गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा अरु दलको चाहनालाई पनि बुझ्नुपर्ने व्यवहारिक बाध्यता रहेको भनेर सम्झाउने प्रयास गरेका छन् । सत्ता गठबन्धनले चुनावी तालमेल गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि राप्रपा नेपाल लगायतका सानासँग चुनावी तालमेल गरेको छ । एमालेलाई एक्ल्याउने रणनीतिका साथ गठबन्धनले चुनावी तालमेल गरेको हो । एक्लाएक्लै जाँदा एमालेसँग पराजित भईने डर गठबन्धन दललाई छ। विगतमा सबै भन्दा धेरै स्थानमा विजय हासिल गरेको एमालेलाई गठबन्धनका कारण हिजोको साख जोगाउन मुस्किल पर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि निर्धारित गरिएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.