काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले गिरावट आएर १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।








