काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदी तोलामा २० रुपैयाँले गिरावट आएर १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।








