चितवन । पूर्वी राप्तीमा जलसतह बढेको छ । पुर्वी राप्ती नदिको बाढी मापनकेन्द्र रजैयामा जलसतह सतर्कता तहभन्दा माथी गएको हो । रजैयामा ३.३० मिटरमा सतर्कता तह मानिन्छ भने नदिमा अहिले पानीको सतह ३.३५ भएको छ । जलसतह बढ्नेक्रममा रहेकोले नदिको तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाईलमा म्यासेज समेत पठाएको छ । राप्ती नदिले बिषेशगरि चितवन सौराहा क्षेत्र जोखिममा पर्ने गरेको छ ।








