काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन तोलाको ९९ हजार २ सय हजार रुपैयाँमा कायम भएको थियो । तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । गत शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले घटेर एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।








