काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले आज ९मंगलबार० का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ । चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो ।








