चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सूचारु भएको छ । ३६ घण्टादेखि अवरुद्ध भएको सडक आधा घण्टा अगाडि देखि एकतर्फी रुपमा सूचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा ठुलो पहिलो गएपछि पहिरो हटाउन हिजो दिनभर प्रयास भएपनि सञ्चालन गर्न सकिएको थिएन । सडक एकतर्फी सुचारु भएपछि मुग्लिनबाट भरतपुर तर्फ आउने गाडीहरुलाई मात्रै आउन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ट भट्टले जानकारी दिए ।
आबुखैरहनी र मौवा खोलामा पनि सडक अवरुद्ध भएकाले भरतपुरबाट पोखरा र काठमाडौँ तर्फ जाने गाडीहरुलाई अहिले रोकिएको उनले वताए । नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो, सत्र किलो र जलविरेमा पनि सडक एकतर्फी रुपमा सूचारु भएको उनको भनाइ छ । दुई तर्फी नै खोल्नका लागी भोलि दिनभरजसो समय लाग्ने उनले जानकारी दिए ।








