चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति चितवनले माडीको कुसुमखोलाका सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा आगजनी गरेको प्रति ध्यानाकार्षण भएको जनाएको छ ।
माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ समुदायका घरहरुमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरि निन्दनीय कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । राप्रपा चितवनले एक बिज्ञप्ती निकारेल सो घटनाको निश्पक्ष छानबिन गरि पिडीत परिवारलाई यथाशिघ्र राहत पुर्याउन सरोकावाला निकायलाई अनुरोध गरेको छ ।
“बिगत धेरै वर्ष देखि बसोबास गर्दै आएका सुकुम्बासी समुदायको ब्यवस्थित स्थानान्तरण नै यसको उचित उपाए हो । ब्यवस्थित स्थानान्तरणको लागि स्थानिय निकायले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको राप्रपा चितवनको ठहर छ, ” बिज्ञप्तीमा लेखिएको छ ।
राप्रापा जिल्ला अध्यक्ष रुध्र ढकालद्धारा जारी बिज्ञप्तीमा लेखिए अनुसार जवसम्म बादरझुला कुसुमखोला, प्याउलीकुना लगाएतका निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सुकुम्वासीहरुको उचित ब्यवस्थापन गरिदैन तव सम्म निकुञ्ज र जनता बिच द्धन्द बढ्दै जाने छ ।
लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा केहि दिन अगाडि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले २ बटा घरमा आगजनीका साथै हात्ती लगाएर ८ घरहरु भत्काएको थियो ।








