चितवन । अखिल क्र्ान्तिकारी सुकुम्बासी संघ चितवन र नेपाल बसोबास बस्ती संरक्षण समाज चितबन द्वारा संयुक्त रुपमा बिरोध कार्यक्रम प्रदर्शन भएको छ । माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा आज भरतपुरको चौबिसकोटीमा सम्पूर्ण सुकुम्बासीहरु एक हौ” मरे चिहान बाँचे घर, एकतानै हाम्रो भर” भन्ने नाराका साथ विरोध कार्यक्रम सम्पन्न भएको हो ।
बिरोध कार्यक्रममा बोल्दै नेपाल बसोबास वस्ती संरक्षण समाजका जिल्ला सचिब मणि लामाले लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा उपर्युक्त अर्को विकल्प विनै हस्तक्षेप गर्न नपाइने बताए । उनले सम्पुर्ण सुकुम्बासीलको एकताले अब सरकारलाई दबाब दिने बेला आएको बताए । अहिले बाडि पहिरोले धेरै घर बिहिन भएको बेला सरकारले सहयोग गर्न पर्ने बेलामा सुकुम्बासीहरुलाई घर बिहिन बनाएको बताए ।

यस्तै अखिल नेपाल कान्तिकारी सुकुम्बासी सघंका संयोजक नर बहादुर गौतमले निकुञ्जको दादागिरी अब नचल्ने चेतावनी दिए। उनले भोट माग्ने बेला मात्र सुकुम्बासीलाई प्रयोग गर्ने नेताहरुलाई खबरदारी समेत गरेका छन् । वि.सं. २०५३ सालबाट सो ठाउँमा बसोवास गर्दै आएका सुकुम्बासी चेपाङ्गहरुलाई सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी वर्षात्को समयमा अमानवीयतापूर्वक उनीहरुको लत्ताकपडा,महत्वपूर्ण कागजात तथा निमेक गरेर कमाएको रकम तथा अन्नपात समेत पूर्णरुपमा नष्ट हुनेगरी घरमा आगो लगाउने तथा अन्य घरहरु हात्ती लगाएर भत्काउने जस्तो निकृष्ट र अमानवीय कार्य गर्ने निकुञ्ज तथा सरकारलाई उनले खबरदारी गरेका छन् । उनले चेपाङ्गहरुको उचित व्यवस्थापन र क्षतीपूर्तीको लागी सम्बन्धित निकायले छिटोभन्दा छिटो निर्णय लिनु पर्ने बताए।










