चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्द भएको छ ।भ.म.न.पा.-२९ लामु बालुवा पुल नजिक (पन्ध्र किलाे नजिक) ठूलाे पहराे खसेर दुइतर्फी सडक अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तत्काल सडक खुल्ने कूनै संभावना नभएको र नारायणगढ-मुग्लिङ सडकखण्ड प्रयाेग गर्नुहुने महानुभावहरु सुरक्षित फिर्ता भई वैकल्पिक सडक प्रयाेग गर्नुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ट भट्टले जानकारी दिए ।









